close

तिलोत्तमाको नगर कार्यपालिकामा एमालेको प्यानलै विजयी

तिलोत्तमाको नगर कार्यपालिकामा एमालेको प्यानलै विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । तिलोत्तमा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठैजना सदस्य एमालेबाट विजयी छन् ।

एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजयहासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमाविजयी भएको थियो ।

बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहादुर छन्तेल तथा अन्यबाट लक्ष्मण घिमिरे निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।