close

काठमाडौँलाई राजधानीजस्तो बनाउन यही जन्मेको प्रधानमन्त्री बन्नुपर्ने हो ?

काठमाडौँलाई राजधानीजस्तो बनाउन यही जन्मेको प्रधानमन्त्री बन्नुपर्ने हो ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक तथा सांसद जीवनराम श्रेष्ठले काठमाडौं देशको राजधानीजस्तो बन्न नसकेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले काठमाडौंलाई बस्न, हेर्न, घुम्न योग्य राजधानी बनाउनुपर्ने बताएका हुन् । 

देशकै अनुहार मानिने राजधानीको सुन्दरता, व्यवस्थापन, वातावरण नियालेर विदेशीले नेपालबारे मनस्थिति बनाउने भन्दै उनले भने, ‘काठमाडौँलाई राजधानीजस्तो बनाउन, राजधानीबाटै प्रधानमन्त्री बन्नुपर्ने हो कि ?, महत्त्वपूर्ण मन्त्री बन्नुपर्ने हो कि ? सरकारको ध्यान राजधानी बनाउन किन ध्यान जाँदैन ?’ 

काठमाडौंमा फ्लाइओभर, अन्डरपास बनाउने योजना कार्यान्वयन नभएको भन्दै उनले सम्पदा, संस्कृति र सभ्यताको सहर काठमाडौंको विकास लक्षित कार्यक्रम ल्याउनुपर्ने बताए ।