close

बजेटले पन्ध्रौँ योजना, सरकारले लिएका रणनीतिलाई बेवास्था गर्‍यो : पद्मा अर्याल

बजेटले पन्ध्रौँ योजना, सरकारले लिएका रणनीतिलाई बेवास्था गर्‍यो : पद्मा अर्याल

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य तथा पूर्वकृषि तथा पशुपक्षीमन्त्री पद्मा अर्यालले बजेट विनाअध्ययन, विनायोजनाको भरमा ल्याएको आरोप लगाएकी छन् । 

बिहीबार संसद्लाई संबोधन गर्ने क्रममा उनले सरकारले विगतका तथ्य अध्ययन नगरी बजेट ल्याएको आरोप लगाइन् । 

अघिल्लो वर्ष प्रमुख बालीको उत्पादन ११.२ प्रतिशत रहेको बताउँदै उनले आयात प्रतिस्थापन गर्ने गरी सरकारले बजेट नल्याएको बताइन् । 

उनले भनिन् ‘ तरकारीमा ९ प्रतिशत, माछामासुमा २० प्रतिशत, दुधमा १९ प्रतिशत, अण्डामा आत्मनिर्भर थियो, माछा मासुमा आत्मनिर्भरताको नजिक थियो,’ उनले भनिन्, ‘तर, पछिल्लो आर्थिक वर्ष आर्थिक वृद्धि के छ भनेर । जुन हामीले आर्थिक प्रतिस्थापन गर्ने भनेर भनेका थियौँ । धानको पछिल्लो वर्षको उत्पादन वृद्धिदर ८.७, मकै ३.६ प्रतिशत, गहुँको ०.८प्रतिशत, फलफूलमा १.४प्रतिशत, तरकारीमा ४ प्रतिशत छ । यो हिसाबले आयत प्रतिस्थापन गर्न धानमा ३लाख मेट्रिकटन, मकै १लाख ३९ हजार मेट्रिकटन,गहुँमा ४८ हजार मेट्रिकटन तरकारीमा ३ लाख ६० हजार मेट्रिकटन र ठूलो परिणामको फलफूल उत्पादन बढाएर मात्रै हालको आयतलाई आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नसक्छ ।’ 

त्यस्तै, उनले बजेटले पन्ध्रौँ योजनामा कृषि विकासका लागि सोच, उद्देश्य र रणनीतिलाई बेवास्था गरेर सरकार अघि बढेको बताइन् ।

बजेट कार्यान्वयनसँग जोडिएर चिन्ताजनक भएको रहेको बताइन् । 

वर्ष नेपाल अण्डा वर्षमा आत्मनिर्भर रहेको बताइन् । त्यस्तै, उनले विगत ३ वर्षदेखि आँधीखोलालाई दुहुनो गाई नबाउन उनले आग्रह गरिन् ।