close

राप्रपाले संघीय र प्रदेशको चुनावमा उपयुक्त उम्मेदवार र छनोटका लागि सार्वजनिक आह्वान गर्ने

राप्रपाले संघीय र प्रदेशको चुनावमा उपयुक्त उम्मेदवार र छनोटका लागि सार्वजनिक आह्वान गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघ र प्रदेशको चुनावमा लोकप्रिय उम्मेदवार छनोटका लागि पार्टीभित्र र बाहिर सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ । 

बिहीबार धुलीखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । 

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरुपमा निर्वाचन प्रणाली सुधारको माग पनि गरेको छ । 

जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने व्यवस्था रहने गरी राप्रपाले आफ्नो माग अघि सारेको छ ।