close

पार्टीलाई जनताले मन पराए, तर आफ्नैबाट जोगाउन चुनौती : ओली

पार्टीलाई जनताले मन पराए, तर आफ्नैबाट जोगाउन चुनौती : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनताको साथ पाएको, तर नेताबाटै पार्टी जोगाउन चुनौती देखिएको बताएका छन् । 

बिहीबार जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखियो ।’

२०७४ सालकाे स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले  सबैभन्दा बढी सिट जितेकाे थियो । तर, दोस्रो चरणको स्थानीय तह निर्वाचनमा विगतको तुलनामा धेरै सिट संख्या गुमाउँदै  दोस्रो स्थानमा खुम्चिएको छ ।