close

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबारका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक अनिनिश्चित कालका लागि स्थगित भएको बताए । स्थानीय तह निर्वाचनको समीक्षाका लागि माओवादीले शुक्रबार साँझ केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बैठक बस्ने तय गरेको थियो । ढकालका अनुसार सांसदहरू संसद बैठकमा रहेकाले बैठक बस्न नसकेको बताए।

स्थानीय चुनावअघि बसेको माओवादी केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्न नसकेपछि माओवादीले जेठ २० मा बस्ने निर्णय गरेको थियो ।

तर, चुनावपछि बसेको पूर्वस्थायी समिति बैठकले शुक्रबार भर्चुअल बैठक बसेर चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो