close

इमानदारिता नदेखाउँदा स्थानीय तहमा अपेक्षित परिणाम आएन : बाबुराम भट्टराई

इमानदारिता नदेखाउँदा स्थानीय तहमा अपेक्षित परिणाम आएन : बाबुराम भट्टराई

Trulli
ADVERTISEMENT

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले  स्थानीय तहमा सत्ता गठबन्धनका दलले इमानदारिता नदेखाउँदा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताएका छन् ।

शनिबार गोरखामा चुनावी समीक्षा कार्यक्रमका क्रममा  सञ्चारकर्मीसँग भएको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् । 

गोरखाको स्थानीय तह भागवण्डामा सहमति गरे पनि कांग्रेसकै कारण कार्यान्वयन हुन नसकेको  उनकाे भनाइ थियो ।

‘गोरखाको ११ स्थानीय तहमध्ये कांग्रेसलाई पाँच, माओवादीलाई चार र जसपालाई दुई भनेर मैले फर्मुला निकालेँ, शेरबहादुर र प्रचण्डले पनि हुन्छ भन्नुभयो तर कांग्रेसका साथीहरुको के वुद्धि बिग्रियो मान्नुभएन,’ भट्टराईले भने ।