close

एकीकृत समाजवादीले २४ घण्टे अल्टिमेटम दिएर सबै मन्त्री फिर्ता बोलायो

एकीकृत समाजवादीले २४ घण्टे अल्टिमेटम दिएर सबै मन्त्री फिर्ता बोलायो

Trulli
ADVERTISEMENT

काठमाडौँ । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्रीलाई २४ घण्टाभित्र फिर्ता बोलाउने निर्णय छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाँदा नेता व्यवस्थापनका लागि आलोपालो गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका एक नेताका अनुसार सोही सहमतिका आधारमा सबै मन्त्री फिर्ता बोलाइएका हुन् ।

पार्टी स्रोतका अनुसार मन्त्रीहरू फिर्ता हुने बित्तिकै नयाँ मन्त्री चयन गरिने छ । पहिलो चरणमा मन्त्री बन्न नपाएका मेटमणि चौधरी, जीवनराम श्रेष्ठलगायत मन्त्रीको दौडमा अगाडि छन् ।

एकीकृत समाजवादीका तर्फबाट अहिले विरोध खतिवडा, प्रेम आले, राकुमारी झाँक्री, किसान श्रेष्ठ मन्त्री छन् भने भवानी खापुङ राज्यमन्त्री छन् ।