close

यस्ता छन्, समाजवादीले सिफारिस गरेका मन्त्रीहरु (अपडेट)

यस्ता छन्, समाजवादीले सिफारिस गरेका मन्त्रीहरु (अपडेट)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्रीको नाम बुझाएको छ । 

यसअघि सरकारमा सहभागी भएको पाँच मन्त्रीलाई फिर्ता बोलाएर थप पाँच जनालाई मन्त्रीका लागि सिफारिस गरेको हो ।

पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो ।

सिफारिस नामावलीमा शहरी विकासमन्त्रालयमा राकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा राज्य मन्त्री रहेका  भवानी खापुङलाई मन्त्री, प्रेम आलेको स्थानमा जीवनराम श्रेष्ठ पर्यटन मन्त्री र श्रममन्त्रीमा किसान श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर मन्त्री बन्ने पक्का भएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएकी छन् ।