close

नियुक्ति र शपथग्रहणको पर्खाइमा रहेकाहरूलाई पार्टीको नाम र इज्जत रहने गरी काम गर्न नेपालको निर्देशन

नियुक्ति र शपथग्रहणको पर्खाइमा रहेकाहरूलाई पार्टीको नाम र इज्जत रहने गरी काम गर्न नेपालको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले  मन्त्रीका लागि सिफारिस भई नियुक्ति र शपथग्रहणको पर्खाइमा रहेकाहरुलाई पार्टीको नाम  र इज्जत जोगिने गरी काम गर्न निर्देशन दिएका छन् । 

आइतबार पुरानालाई फिर्ता बोलाइ नयाँ मन्त्रीका लागि सिफारिस भएकाहरुलाई यस्तो निर्देशन दिएका हुन् । 

पार्टीको सचिवालय बैठकले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई पठाउने निर्णय गरेको थियो ।

सिफारिस नामावलीमा शहरी विकासमन्त्रालयमा राकुमारी झाँक्रीको स्थानमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा राज्य मन्त्री रहेका भवानी खापुङलाई मन्त्री, प्रेम आलेको स्थानमा जीवनराम श्रेष्ठ पर्यटन मन्त्री र श्रममन्त्रीमा किसान श्रेष्ठको स्थानमा शेरबहादुर कुँवर मन्त्री बन्ने पक्का भएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएकी छन् ।