close

बिहे गर्ने उमेर घटाउन सांसद चौधरीको माग

बिहे गर्ने उमेर घटाउन सांसद चौधरीको माग

Trulli
ADVERTISEMENT

काठमाडौं । एमाले सांसद गङ्गा चौधरी ले बलात्कारका सबै घटनामा हदम्याद राख्न नहुने धारणा राखेकी छन् । सबै बलात्कारका घटनामा हदम्याद राख्दा मुद्दाको चाङ धेरै हुने र पीडितले समयमा न्यान नपाउने भन्दै यस्तो बताएकी हुन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद चौधरीले सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने र सबै पक्षको ख्याल गरेर मात्रै कानुन निर्माण गर्नुपर्ने बताइन् । 

साथै उनले पूर्वसभामुखको मुद्दा घटनालाई सम्झिँदै भनिन्, ‘मन मिलेसम्म लभको संज्ञा दिने, मन नमिलेपछि रेपको संज्ञा दिने ? सम्मानित सदनमा बसेका पूर्व सभामुखको घटना पनि हेरेका छौँ, जबसम्म स्वार्थ मिल्यो उहाँबारे कसैलाई पत्तो थिएन, जब स्वार्थ मिलेन बलात्कारको संज्ञा दिएर ६ महिना जेल कोचियो, यो कुरा हामीले भुल्नु हुँदैन'

सांसदले भावनामा बगेर कानुन निर्माण नगर्नुपर्ने उनको भनाइ छ । 'हामी दुईवटा जाति मात्रै छौँ, महिला र पुरुष तर, एउटा व्यक्ति र वर्गका लागि मात्रै कानुन बनाउने होइन, सबै नागरिकको लागि कानुन चाहिन्छ, महिलाको भावनामात्रै होइन, पुरुषको भावना हेरेर कानुन बनाउनुपर्छ' उनले भनिन् ।

साथै उनले विवाह गर्ने उमेर घटाउनुपर्ने उनको माग छ । '२० वर्षमा बिहे गर्ने उमेरको हद पनि घटाऊँ, हाम्रा नानीहरू १३ वर्षमै बच्च जन्माउने भइसके, कानुन व्यावहारिक हुनुपर्छ, कसैलाई दु:ख दिने कानुन बनाउनु हुँदैन'