close

विमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी छ : प्रधानमन्त्री

विमस्टेक सदस्य राष्ट्रबीच एकता र सहकार्य जरुरी छ : प्रधानमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्षेत्रीय समस्या समाधान र आर्थिक साझेदारी वृद्धिका लागि विमस्टेक सदस्य राष्ट्र एकता र सहकार्य जरुरी  पर्ने बताएका छन् । 

विमस्टेकको २५ औँ वार्षिक उत्सवको अवसरमा नेपालको तर्फबाट शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

विकास र समृद्धिको क्षेत्रीय महत्वाकांक्षलाई सबैले आत्मसात गर्नुपर्ने देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ । 

‘कोरोना महामारी संकटका कारण उत्पन्न गरिबी, बेरोजगारी, बढ्दो असमानता र जलवायु परिवर्तनसम्बन्धी समस्या बढेकाले संयुक्त पहल गर्न जरुरी छ,’शुभकामना सन्देशमा भनिएको छ ।  

संगठनको पाँचौँ शिखर सम्मेलनसम्म आइपुग्दा दक्षिण एसिया र दक्षिणपूर्वी एसिया क्षेत्रका मुलुकबीच पुराना संस्कृति र सभ्यतालाई एकअर्कामा परिचित गराउने तथा पुनर्जीवित गराउनमा मद्दत गरेको उनको भनाइ छ । बिमस्टेक राष्ट्रका नागरिक तहको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने थप पहल गर्नुपर्ने प्रधानमन्त्री देउवाले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ ।