close

गाउँकमिटी सदस्य नरहने गरी एमालेले कारबाही गरेका नेतालाई बालुवाटारबाट स्वागत

गाउँकमिटी सदस्य नरहने गरी एमालेले कारबाही गरेका नेतालाई बालुवाटारबाट स्वागत

Trulli
ADVERTISEMENT

काठमाडौं । ओखलढुंगा चम्पादेवी गाउँपालिका नेकपा एमाले गाउँपालिका कमिटीका पूर्वअध्यक्ष खेम मिश्रलाई नेपाली कांग्रेसले बालुवाटारबाट स्वागत गरेको छ । 

स्थानीय तह निर्वाचन–२०७९ मा सो गाउँपालिकाको अध्यक्ष पदमा बागी उम्मेदवार मिश्रलाई नेकपा एमालेले कारबाही गरेपछि नेपाली का‌ंग्रेसका नेता रामहिर खतिवडाकाे पहलमा मिश्रलाई बालुवाटरबाट प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । 

स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीक उम्मेद्वार बागी उठेका मिश्रलाई नेकपा एमालेले गाउँकमिटी सदस्य नरहने गरी कारबाही गरेको थियो । उनलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।