close

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कसैले उल्ट्याउन सक्दैन : झलनाथ

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय कसैले उल्ट्याउन सक्दैन : झलनाथ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका  सम्मानित नेता झलनाथ खनालले पार्टीको मन्त्री हेरफेर अधिकार कसैले पनि उल्ट्याउन नसक्ने बताएका छन् । 

आज हुने भनिएको मन्त्रिपरिषद् हेरफेर सर्वदलीय बैठक र संसद्मा भएको छलफललाई देखाएर रोकिएको थियो । तर, झलनाथ खनालले संसद्मा सञ्चारकर्मीसँग मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयलाई कसैले पनि उल्ट्याउन नसक्ने बताएका छन् । 

सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौँ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।’