close

कर्णाली प्रदेशद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

कर्णाली प्रदेशद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

Trulli
ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट प्रस्तुत गर्ने मिति निजिकिँदै गर्दा प्रदेशले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रम जारी छ । सोही क्रममा म‌ंगलबार कर्णाली प्रदेशले  प्रदेश प्रमुख तिलक परियारमार्फत् प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको हो । 

नीति तथा कार्यक्रममा विकाससम्बन्धी ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्र र मेक इन कर्णाली, मुख्यमन्त्री जीविकोपार्जन, मुख्यमन्त्री दलित आयआर्जन प्रवर्द्धन कार्यक्रम लगायत नयाँ कार्यक्रम समावेश गरिएको छ ।

यस्तै, कर्यक्रममा  बेरोजगार युवालाई रोजगार बनाउन उद्यमशीलता तथा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, कर्णाली कृषि सहयोग प्रणाली कार्यान्वयन गर्ने, कृषकको घरदैलोमा प्राविधिक सेवा पुर्‍याउन कृषि प्राविधिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने, मल तथा जैविक विषादी उत्पादन, प्रशोधन र ढुवानीमा अनुदान दिने, प्रांगारिक स्थानीय तहका रुपमा घोषणा गर्न अध्ययन, अनुसन्धान र विकास कार्यक्रम सञ्चालन गरी प्रोत्साहित गर्ने नीति कर्णाली प्रदेश सरकारले लिएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

 

p>