close

भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको बहुमत,  कुन दलबाट कति सदस्य

भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको बहुमत,  कुन दलबाट कति सदस्य

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन भरतपुर महानगरपालिका कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको छ । मंगलबार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसबाट ५ जना निर्वाचित भएपछि भरतपुर महानगर कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको हो । ३९ सदस्यीय नगर कार्यपालिकामा २३ सदस्य पुगेका छन् ।

कुन दलबाट कति सदस्य छन् ?

भतरपुर महानगर कार्यपालिकामा कांग्रेसबाट १६ जना वडाध्यक्ष निर्वाचित भएका थिए । यस्तै, मंगलबार भएको निर्वाचनमा कांग्रेसका थप ५ जना  निर्वाचित भएसँगै का‌ंग्रेसको तर्फबाट  सो कार्यपालिकामा कार्यपालिका सदस्यको संख्या २३ पुगेको हो । 

भरतपुर महानगरको कार्यपालिकामा माओवादीका ६ जना छन् ।  मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल, तीन वडाध्यक्ष र कार्यपालिका सदस्य निर्वाचनबाट २ जना निर्वाचित बनेका छन् ।

यस्तै, एमालेबाट ६ जना वडाध्यक्ष छन् । समाजवादीबाट ३ जना वडाध्यक्ष र कार्यपालिका सदस्यमा निर्वाचित एक सदस्य गरेर ४ जना छन् ।