close

आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

आज प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । आज (बुधबार) प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउँदैछन् । 

प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । 

प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ । 

लुम्बिनी प्रदेशसभा बैठक दिउँसो १ बजे बस्नेछ । 

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ ।

सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।