close

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

गृहमन्त्री खाँण र प्रकाण्डबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । बुधबार गृहमन्त्री बालकृष्ण खाण र  नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ।

गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल सहभागी थिए । यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको प्रवक्ता पोखरेलले जानकारी दिए।

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राख्नेका थिए । साथै सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिट्टै अर्को बैठक बस्ने सहमति भएको छ।