close

निरन्तर लागिपरे सफल भइन्छ भन्ने प्रमाणित गरे आठबिसकोट नगरप्रमुखले

निरन्तर लागिपरे सफल भइन्छ भन्ने प्रमाणित गरे आठबिसकोट नगरप्रमुखले

Trulli
ADVERTISEMENT

रुकुमपश्चिम । रुकुम पश्चिमका रवि केसी ३२ वर्षको उमेरमा स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका केसी आठबिसकोट नगरपालिकामा निर्वाचित भई सो अवसर प्राप्त गरेका हुन् । केसीले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धीरेन्द्रकुमार बटालालाई ७ सय८४ मतान्तरले पराजित गरेका थिए ।

केसीले ७ हजार ३ सय ९९ र बटालाले ६ हजार ६ सय १५ मत ल्याएका थिए ।

केसीले आफ्नो पहिलो प्राथमिकता कृषि क्रान्ति भएको बताएका छन् । विद्यार्थी संगठनको इकाइ कमिटीबाट सुरु राजनीतिक जीवन यात्रा सुरु गरेका उनले पार्टीको नगर अध्यक्ष हुँदै नगर प्रमुखसम्म आफ्नो ध्येय भएको उनी बताउँछन् ।

क्याम्पस पढ्न सुर्खेत शिक्षा क्याम्पस , मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत छिरेपछि आफ्नो राजनीतिक हिडाइको गति बढेको उनी बताउँछन् । उनी २०७० सालमा मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतको अध्यक्ष बनेका थिए । 

१५ वर्षको हुँदा अखिल क्रान्तिकारीको सदस्यता लिएका राजनीतिमा प्रवेश गरेका उनी माओवादी एमाले एक ९नेकपा० हुँदा उनी नेकपा रुकुम पश्चिम जिल्ला सचिवालय सदस्य बने ।

आठबिसकोटलाई समृद्ध सुव्यवस्थित र सुन्दर नगर बनाउने योजनासहित निर्वाचित भएका केसी युवाकन लागि आशाका केन्द्र बनेका छन् । जनीतिक शास्त्रमा स्नातक गरेका केसी दुई दशकमै जनताको मन जितेर लोकप्रियता कमाएका छन्। तार्किक र अध्ययनशी ,जुझारु र कुसल निडर स्वभाव र कर्णाली प्रदेशकै कान्छा नगरप्रमुख केसीको पछिल्लो बनको छ । उनी सक्रिय भएर निरन्तर लाग्नेहरु राजनीतिमा स्थापित हुन्छन् भन्ने उदाहरण बनेका छन्  ।

स्थानीय तहको संरचनामा रुकुमपश्चिममा तीन नगरपालिका र तीन गाउँपालिका छन्।ती सबै नगरपालिका र गाउँपालिकामध्येमा केसीले सबैभन्दा बढी मत ल्याएर बिजयी भए ।

विद्यार्थी संगठनमा इमान्दार खटाइ, सक्षम र पार्टीभित्र योग्य व्यक्तित्व र समाजले विश्वास गरेका केसी सानै उमेरमा नगरपिताबनेका छन् ।

उनी व्यक्तिगत व्यवाहारका कारण लोकप्रिय छन् ।युवा नेतृत्वलाई अवसर दिन र कृषिमार्फत युवालाई नै पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका केसीले युवाहरुकै साथ पाए ।

जिल्लाको ४६ प्रतिशत भूभाग रहेको आठबिसकोट नगरपालिकामा कृषि र पशुपालनमा उनले जोड दिएका छन् । आत्मनिर्भर बनाउने, कृषिमा आधुनिक प्रविधि प्रयोग गरी पालिकाको स्तर उकास्ने उनका मुख्य चुनावी एजेन्डा थिए ।

कर्णाली प्रदेशमा सबैभन्दा कम उमेरमा नगरप्रमुख बनेका केसी उमेरभन्दा जिम्मेवारी र राजनीतिक पृष्ठभूमिका कारण नेतृत्व पाएको बताउँछन् । उनले भने, ‘कर्णाली प्रदशमा उमेरले कान्छो भए पनि म राजनितिक हिसाबले परिपक्व छु । समृद्ध नगर निर्माणका लागि ठोस योजना, भिजन र मिसन बनाएको छु । सोहीअनुसार काम गर्ने संकल्पसहित नगरपालिकाको समग्र विकासमा लाग्नेछु।’