close

कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट हुने निर्णय नेपाललाई मान्य छैनः परराष्ट्रमन्त्री

कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट हुने निर्णय नेपाललाई मान्य छैनः परराष्ट्रमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले कालापानी क्षेत्रमा एक पक्षीय ढंगबाट हुने गरिने निर्णय नेपाललाई मान्य नहुने बताएका छन् । 

प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

‘लिपुलेक, लिम्पयाधरा, कालापानी लगायतका सबै भू-भागहरु नेपालको भएको र त्यस क्षेत्रमा र सीमा सम्बन्धी विषयहरुमा आपसी समझादारीबिना एक पक्षीय ढंगबाट गरिने निर्णयहरु नेपाल सरकालाई मान्य छैन्,’ मन्त्री खड्काले भने ।