close

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतालाई लिएर संसद अवरोध

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतालाई लिएर संसद अवरोध

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गरेका हुन् ।

‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ उनले भने ।