close

मबारे प्रकाशित समाचार झुट हुन् : रवीन्द्र मिश्र

मबारे प्रकाशित समाचार झुट हुन् : रवीन्द्र मिश्र

Trulli
ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू कुनै पार्टी प्रवेशको तयारीमा नरहेको बताएका छन् । 

विभिन्न सञ्चार माध्यममा मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेको समाचार प्रकाशित भएपछि त्यसको सामाजिक सञ्जालमा खण्डन गर्दै उनले सम्मिलन, एकीकरण र ध्रुवीकरणमा आफ्नो चासो रहे पनि पार्टी नै प्रवेश गर्ने योजना नरहेको बताए । 

आफू एक्लै कतै जोडिएर सशक्त शक्ति निर्माण हुने सम्भावना नरहेकोले तत्काल कुनै राजनीतिक योजनामा आफू नरहेको मिश्रको भनाइ छ । 

उनले लेखेका छन्,'जतिसुकै विकशित भए पनि हरेक देशमा अर्थ-राजनीतिक रूपमा ‘कल्याणकारी एजेण्डा’ बोकेका तर राजनीतिक-सामाजिक रूपमा ‘मडरेट कन्जर्भेटिभ स्पेस’लाई सशक्तरूपमा प्रतिनिधित्व गर्ने पार्टी हुन्छ, नेपालमा अहिले त्यस्तो पार्टी छैन।'