close

एसपिपीविरुद्ध नाै कम्युनिस्ट पार्टीको संयुक्त वक्तव्य

एसपिपीविरुद्ध नाै कम्युनिस्ट पार्टीको संयुक्त वक्तव्य

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्तावप्रति विरोध गर्दै ९ कम्युनिस्ट पार्टीले स‌ंयुक्त वक्तव्य जारी  गरेका छन् । 

बुधबार ९ कम्युनिस्ट पार्टीले  एसपिपी हिन्द–प्रशान्त रणनीतिको एउटा अभिन्न अङ्ग भएको संयुक्त वक्तव्यमा जारी गरेका हुन् । 

‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ’, वक्तव्यमा भनिएको छ, ‘हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’

साथै, उनीहरूले प्रधानमन्त्री  शेरबहादुर देउवाको भ्रमण रद्द गर्न माग गरेका छन् । 

नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्चले संयुक्त वक्तव्य जारी गरेका हुन् ।