close

मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य स्वीकार्य हुँदैन : प्रदीप ज्ञवाली

मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य स्वीकार्य हुँदैन : प्रदीप ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी)सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपिपीबारे सरकारलाई संसद्‍मा जवाफ दिन माग गर्दै यस्तो बताएका हुन् । 

नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवाली बताए । 

नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको हो भनी प्रश्न गरे ।