close

सबैका आ–आफ्ना दाबी छन्, एसपिपी कसको पालामा प्रवेश गरेको हो प्रधानमन्त्रीले जानकारी दिनुपर्छ : थापा

सबैका आ–आफ्ना दाबी छन्, एसपिपी कसको पालामा प्रवेश गरेको हो प्रधानमन्त्रीले जानकारी दिनुपर्छ : थापा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) बारे जानकारी दिनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै  थापाले सम्झौता कसको पालामा नेपाल छिरेको र सम्झौताको मर्मबारे जानकारी दिनुपर्ने बताएका हुन् ।

‘सेनाका प्रवक्ता भन्नुहुन्छ यसबारे केही जानकारी छैन,’ थापाले भने, ‘सबै पक्ष आ–आफ्ना दाबी गरिरहेका छन् । त्यसैले सरकारले संसदमा उभिएर वास्तविकताबारे जानकारी दिनुपर्छ ।’