close

नेपालको संक्रमणकालीन न्याय चाँडै टुंगिन्छ : कानुनमन्त्री

नेपालको संक्रमणकालीन न्याय चाँडै टुंगिन्छ : कानुनमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । कानुनमन्त्री गोविन्द शर्मा कोइरालाले नेपालको संक्रमणकालीन समय अब लामो समय नरहने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैंकमा मन्त्रालयगत रुपमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘संसारका टिआरसी हेर्ने हो भने ६ महिनादेखि बढीमा २ वर्षसम्ममा काम सकिएका छन्, अपवाद बाहेक । प्रायजसो यस्ता खालका सत्य निरुपणको काममा समय लगाइँदैन । यसमा रुल अफ ल भनेर पुलिसले अनुसन्धान गरिँदैन । यो वास्तवमा के भएको थियो भन्ने कुरा पत्ता लगाउने र त्यसबाट आएको आधारमा सत्य न्यायका लागि पीडितको हक सुरक्षित गर्ने हिसाबले जानुपर्नेमा त्यसरी नगएका कारण सरकारले म्यासिफ रिफर्मको काम अगाडि बढाएको छ । यो विषय चाँडै सकिने व्यहोरा जानकारी गराउँछु ।