close

सहरी विकासमन्त्रीको जवाफ : मन्त्रालयमा खर्च कटौती गरेर हुन्छ र मान्यजू !

सहरी विकासमन्त्रीको जवाफ : मन्त्रालयमा खर्च कटौती गरेर हुन्छ र मान्यजू !

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सहरी विकास मन्त्रालयमा खर्च गर्ने सदस्यहरूलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गरेकी छन् । 

मन्त्रालयगत विषयमा उठेका प्रश्नको जवाफ दिने क्रममा बुधबार मन्त्री झाँक्रीले यस्तो प्रस्ताव गरेकी हुन् ।

‘मान्यज्यूहरुले सहरी विकास मन्त्रालयअन्तर्गतको खर्च कटौती गर्न प्रस्ताव गर्नुभएको छ । परम्परागत ढंगले त्यही काम गर्ने, तर परिणाम देखिँदैन भने किन चाहियो खर्च ? भनेर माननीयज्यूहरूले गरेको प्रश्न त्यो हदसम्म जायज थियो । तर, मैले यति धेरै कुरा यहाँहरूलाई भने कि ! कति यहाँहरूका जिज्ञासा पनि थिएनन् । मैले आफैँ भनेँ । काम गर्नका लागि खर्च कटौती गरेर हुन्छ र मान्यजू ! यहाँ त खर्च पो थप्नुपर्छ,’ उनले भनिन्,  ‘खर्च थप्नुपर्ने भएकाले खर्च कटौतीको प्रस्तावलाई फिर्ता गरेर समर्थन गर्न हार्दिक अनुरोध गर्छ ।’