close

सिसडोल र बन्चरेडाँडामा फोहोर र प्रहरी मात्रै रह्यो भन्ने कुराको अन्त्य हुन्छ: मन्त्री झाँक्री

सिसडोल र बन्चरेडाँडामा फोहोर र प्रहरी मात्रै रह्यो भन्ने कुराको अन्त्य हुन्छ: मन्त्री झाँक्री

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर फ्याक्ने ल्याण्डफिल्ड साइटमा सम्झौताबमोजिम अस्पताल र बाटोको सट्टा फोहोर र पुलिसमात्रै रह्यो भन्ने कुराको अन्त्य हुने बताएकी छन् । 

बुधबार मन्त्रालयगत बजेट शीर्षकमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । 

‘आजसम्म डाक्टर, अस्पताल रहेनन् बाटो बनेन, तर फोहोर र पुलिस मात्रै रहे भन्ने कुराको अन्त्य गर्न चाहन्छौँ,’ मन्त्री झाँक्रीले भनिन्, ‘फोहोर व्यवस्थापनको स्थायी समाधानका लागि एक महिनाभित्र नास्टको प्रतिवेदनका आधारमा जैविक वा अजैविक केमिकलद्वारा गन्ध हटाइने काम महानगर र हामीले गर्नेछौँ । 

त्यस्तै, सिसडोलको व्यवस्थापनका लागि प्राथमिकताका साथ राखिएको उनले बताइन् । 

यस्तै, दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर खसाल्न थाले पनि १७ वर्षसम्म निरन्तर फोहोर फाल्दा स्थानीयको अवस्था कहालीलाग्दो भएको उनको भनाइ थियो । 

‘यसलाई सम्बोधनका लागि अहिले हामीले व्यवस्थित प्रयास गरेका छौँ । स्वास्थ्य मन्त्रालयले बनाउने हस्पिटलाई कहाँ राख्नेसम्मका निर्क्योलका लागि एक टोली बनेको छ ।’ 

यस्तै, फोहोर मोहोर भएको बताउँदै उनले फोहोरबाट ठुला प्रोजेक्टभन्दा पनि साना प्रोजेक्ट सञ्चालन गर्न सकिने उनले बताइन् ।