close

प्रहरी प्रशासनको सहयोगमा होटेल आनन्द खाली हुन्छ : मन्त्री आले

प्रहरी प्रशासनको सहयोगमा होटेल आनन्द खाली हुन्छ : मन्त्री आले

Trulli
ADVERTISEMENT

काठमाडौं । संस्कृति तथा पर्यटनमन्त्री प्रेम आलेले पशुपति विकास कोष क्षेत्रमा बतास समूहले बनाएका होटेल प्रहरी प्रशासनको बलमा हटाउने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले यस्तो बताएका हुन् ।      

‘बतास समूहले लगानी गरेका पशुपति क्षेत्रमा रहेका नेपाल–भारत धर्मशालामा बतास समूहले लगानी गरेको होटेल आनन्द प्रालिले छानबिनका क्रममा विभिन्न सर्त उल्लंघन गरेको देखिएपछि करार सम्झौता रद्द भइसकेको छ,’ मन्त्री आलेले भने । 

होटेल आनन्द प्रालिले पशुपति विकास कोषको निर्णयविरुद्ध न्यायालय पुगे पनि न्यायालयले कोषको पक्षमा तीन पटक फैसला गरेको उनको भनाइ थियो । 

‘उक्त समूहलाई धर्मशाला खाली गराउन जेठ मसान्तसम्म एक साताको समय दिइएको थियो । समयावधि पनि सकिएको छ । अब प्रहरी प्रशासनको सहयोगमा सो धर्मशाला खाली गराउने कुरा मान्य सदस्यज्यूहरूलाई जानकारी गराउँछु,’ उनले भने ।