close

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै ओलीले भने : पार्टीभित्रकै सकुनीहरूले धेरै पालिकामा हराए

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै ओलीले भने : पार्टीभित्रकै सकुनीहरूले धेरै पालिकामा हराए

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण कार्यक्रममा ओलीले सत्ता गठबन्धनसँगको प्रतिस्पर्धालाई अधिनायकवादीसँगको युद्धका रुपमा अर्थाएका छन् । साथै उनले स्थानीय तह निर्वाचनमा आफ्नै कमजोरीले कतिपय स्थानमा हार व्यहोर्नु परेको समेत स्विकार गरेका छन् ।

प्रशिक्षण कार्यक्रममा ओलीले सत्ता गठबन्धनसँगको प्रतिस्पर्धालाई अधिनायकवादीसँगको युद्धका रुपमा अर्थाएका छन् ।

साथै उनले स्थानीय निर्वाचनमा पार्टीभित्रकै सकुनीहरूका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताए ।

बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका सकुनी, मिरजाफर र मिरकासिमका कारण ८८ वटा पालिकामा हार व्यहोर्नु परेको दाबी गरे ।

‘हामी निराश हुनुपर्ने स्थिति छैन । अनेक प्रतिकूलताकाबीच हामीले जित्यौँ,’ उनले भने, ‘हामीलाई हराउन हाम्रा विरोधीले सक्दैनन्, हामी भित्रैबाट सकुनीहरू निस्किए, हामी भित्रैबाट मिरजाफर निस्के, मिरकासिम निस्के ।’

स्थानीय चुनावको परिणामको समीक्षा गर्दै उनले एमालेको स्थिति कमजोर नभएको दाबी गरे । पाँच दलीय गठबन्धनको सरकारले चुनावमा नाङ्गो धाँधली गरेको आरोप लगाउँदै उनले यस्तो २०१५ सालयता यस्तो धाँधली कहिल्यै नदेखेको बताए ।