close

प्रमुख प्रतिपक्षी नेकपा एमालेद्वारा संसद बहिष्कार

प्रधानमन्त्रीको सट्टा गृहमदन्त्रीद्वारा जवाफ पेश

प्रमुख प्रतिपक्षी नेकपा एमालेद्वारा संसद बहिष्कार

प्रधानमन्त्रीको सट्टा गृहमदन्त्रीद्वारा जवाफ पेश

Trulli
ADVERTISEMENT

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद वैठक वहिष्कार गरेको छ ।

आव २०७९।८० को बजेटको करको दायरामा हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्दै एमालेले अर्थमन्त्रीको राजिनामा माग गर्दै आएको छ । 

सदन वहिष्कार गर्नु अगाडि धारणा राख्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीले राष्ट्रघात गरेको हुँदा उनले दिने बेतुकको जवाफ सुन्नुको सट्टा सदन वहिष्कार गर्ने जनाउ दिएका थिए । 

उता आजै रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीको सट्टामा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका छन् ।