close

बुढीगंगा नगरपालिका पुन:निर्वाचन असार २३ गते

बुढीगंगा नगरपालिका पुन:निर्वाचन असार २३ गते

Trulli
ADVERTISEMENT

बाजुरा ।  बुढीगंगा नगरपालिकामा असार २३ गते बिहीबार पुन:निर्वाचन गर्ने सहमति भएको छ । 

आज बसेको सर्वदलीय, सर्वपक्षीय बैठकबाट पुन:निर्वाचन गर्ने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पालिकाखबरलाई बताए । प्रजिअ अधिकारीका अनुसार सहमति अनुसार निर्वाचन अधिकृतको कार्यालयलाई सिफारिस गरिसकिएको छ । 

गत वैशाख ३० गतेको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवै पक्षबाट आफू अनुकूलका मतदान केन्द्रको बुथ कब्जा गर्ने कार्य भएको भन्दै निर्वाचन आयोगले पालिकाभरिकै निर्वाचन बदर गरेको थियो। 

निर्वाचन आयोगले उक्त विषयमा स्थलगत अध्ययन र  छानबिनका आधारमा चुनाव गर्ने निर्णय लिएको थियो।