close

गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री सकारात्मक

गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री सकारात्मक

Trulli
ADVERTISEMENT

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्। 
शनिबार धनगढी उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका हुन्।

भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए । सोही सभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषय उल्लेख गरे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिएका छन्।

भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको छ । यसका साथै उक्त निर्माण सकिएको मेडिकल कलेजको प्रारुप तयार गरेर तत्काल सञ्चालन गर्नुपर्ने माग उठ्दै आएको छ ।