close

जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ : वरिष्ठ नेता पौडेल

जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ : वरिष्ठ नेता पौडेल

Trulli
ADVERTISEMENT

दामौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे । 

विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा कांग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, 'शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।'

वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरे । 

वरिष्ठ नेता पौडेलले कांग्रेस कमजोर हुनुमा कांग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको बताउँदै भने, “कम्युनिष्टहरू मिलेका कारण पनि कांग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए कांग्रेस एक्लै बलियो हुन्छ ।”

वरिष्ठ नेता पौडेलले उत्पादनमुखी हुनुपर्नेमा जोड दिँदै खेत मासेर घर बनाउने कार्य नगर्न सुझाव दिए ।