close

एमालेको भ्रातृ संगठन युवा संघले गर्‍यो, मूल्यवृद्धिविरुद्ध प्रदर्शन

एमालेको भ्रातृ संगठन युवा संघले गर्‍यो, मूल्यवृद्धिविरुद्ध प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंमा एमालेको भ्रातृ संगठन युवा संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको विरोधमा बिहीबार बेलुकी नयाँ बानेश्वरसम्म मसाल जुलुसहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले मूल्यवृद्धि फिर्ता गर, प्रधानमन्त्री राजीनामा दे लगायत नारा लगाएका थिए । पछिल्लो चरणमा भएको मूल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजेल, मट्टितेल १ सय ९२ पुगेको छ । इन्धनको मूल्यवृद्धिसँगै खाद्यान्न, यातायातलगायत क्षेत्रमा पनि महँगी बढेको छ ।