close

स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवाद

स्वतन्त्र उम्मेदवारले चुनाव जित्नु अपवाद

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवारले चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् ।

टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

‘युवाहरू स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवाद हो । यो गतिशील दुनियाँ हो । यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ,’ उनले भने, ‘म यो पनि भन्दिनँ कि नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन,’ एमाले अध्यक्ष ओलीले अघि भने, ‘तर अहिलेको यथार्थ नेपालमा मुख्य रुपमा दुई वटा पोलिटिकल पार्टी छन्, एमाले र काँग्रेस । यिनीहरुले केही पनि ठिक काम गरेनन् र योभन्दा राम्रो काम गर्ने अर्को आयो भने पनि त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन ।’