close

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल, आज पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल, आज पत्रकार सम्मेलन

Trulli
ADVERTISEMENT

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको दल 'राष्ट्रिय स्वतन्त्र पार्टी'को प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन् ।

मोरङका ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुन् । रविकै पहलमा उक्त अस्पताल बनेको थियो । 

पार्टी गठनको घोषणापछि आज (शुक्रबार) पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्न लागेको छ ।

अपरान्ह ४ बजे रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन हुने प्रवक्ता ढकालले जारी गरेको सूचनामा उल्लेख छ ।

रविले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका थिए । उनले आफ्नो पार्टीमा देशलाई चिन्ने २१ जना रहेको बताएका थिए । तर को-को छन् खुलाएका थिएनन् ।

पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । पत्रकार सम्मेलनमा यसबारे थप प्रष्ट पारिने बताइएको छ ।