close

के छ, मन्त्री हेरफेरविरुद्ध पार्टी अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षणपत्रमा

के छ, मन्त्री हेरफेरविरुद्ध पार्टी अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षणपत्रमा

Trulli
ADVERTISEMENT

काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका छन् । 

मन्त्रीहरुलाई अपराधीजस्तो व्यवहार गरिएको, बजेट पास भएपछि गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने निर्णय विपरीत आजै/भोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दबाब दिनु अनुचित भएको उनीहरूले बुझाएको पत्रमा उल्लेख छ । 

अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छन्, ‘मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्नो धारणा राख्ने र माननीय सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो । यो व्यवहारप्रति हामी गम्भीर छौँ ।’

१० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ,कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र नीरा जैरु छन् ।

बिहीबार बुझाइएको साे ध्यानाकर्षण पत्रमा एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर गैरसांसद हुन् ।