close

हेटौँडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

हेटौँडा उपमहानगरपालिकाको नगरसभा प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको नगरसभा प्रभावित भएको छ । एमालेले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रबार बिहान १० बजेका लागि बोलाइएको हेटौँडा उपमहानगरपालिकाको ११ औँ अधिवेशन प्रभावित बनेको हो ।

हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको बहुमत छ ।

कार्यपालिकाको २९ सदस्यमध्ये एमालेको १८, काँग्रेसको उपमेयर सहित ८, नेकपा एकीकृत समाजवादीको मेयर सहित २ र माओवादी केन्द्रका एक सदस्य छन् । त्यस्तै एमालेको नगरसभामा समेत बहुमत छ । कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन् ।

बागमती प्रदेशको एकमात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब दुई अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख रुपैयाँ खर्च व्यहोर्ने गरि  बेहोरिने गरी उपमहानगरले बजेटको तयारी गरेको जनाइएको छ ।