close

‘मा‌ओवादीबाट मन्त्री बन्नेहरूको दबाब छेक्न प्रचण्डले मन्त्रिमण्डल हेरफेर रोके’

‘मा‌ओवादीबाट मन्त्री बन्नेहरूको दबाब छेक्न प्रचण्डले मन्त्रिमण्डल हेरफेर रोके’

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रस्तावित मन्त्री मेटमणि चौधरीले आफ्नो पार्टीले मन्त्री हेरफेरका लागि गरिएको प्रस्ताव कार्यान्वयन नहुनुमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको हात गरेकाे बताएका छन् । 

काठमाडौंमा जारी पोलिटव्युरो बैठकको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले यस्तो बताएका हुन् ।

 प्रधानमन्त्रीलाई प्रचण्डले प्रभावित पारेको चौधरीले बताए ।  नेकपा एसले मन्त्री हेरफेर गरेपछि माओवादीमा पनि फेर्न दबाब पर्ने भएकाले प्रचण्डले प्रधानमन्त्रीलाई प्रभावमा पारेको उनको आरोप छ । 

उनले भने, ‘हाम्रो पार्टीको अध्यक्षलाई प्रभाव पार्ने भनेको अध्यक्ष प्रचण्डले हो ।’   

शेरबहादुर प्रधानमन्त्री र नेकपा माओवादीका धेरै साथी मन्त्री आफ्नो पार्टीको योगदानका कारण मन्त्री बनेको बताउँदै भने,  ‘ हाम्रो कुरालाई बेवास्ता गर्नुको पछाडि प्रधानमन्त्रको कमजोरी त छँदै छ । त्यसमा पनि नेकपा माओवादीबाट मन्त्री बन्नेहरूको लामै लाइन भएकाले त्यसलाई रोक्न अध्यक्ष प्रचण्डले रोकिरहनुभएको छ।’