close

नर्भीक अस्पतालमा उपराष्ट्रपतिको स्वास्थ्य परीक्षण

नर्भीक अस्पतालमा उपराष्ट्रपतिको स्वास्थ्य परीक्षण

Trulli
ADVERTISEMENT

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) स्वास्थ्य जाँच गराएका छन् । 

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार थापाथली नर्भीक इन्टरनेशनल हस्पिटल  पुगेर उनले आफ्नो स्वास्थ्य जाँच गराएका हुन् । दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक इन्टरनेशनल अस्पताल आएको बताइएको छ । 

अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए ।  सो क्रममा उपराष्ट्रपति करिब दुई घण्टा अस्पतालमा रहेका थिए ।  

उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।