close

योगेशले यसरी सम्झिए माधवसँग छुटेको समय

योगेशले यसरी सम्झिए माधवसँग छुटेको समय

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माधव नेपालसँग छुटिएको पलको स्मरण गरेका छन् ।

शुक्रबार समाजिक सञ्जालमार्फत् उनले हाल एकीकृत समाजवादीमा देखिएको अवस्थासँग जोडेर विगतमा माधव नेपालसँग आफूले गरेका कुरा सार्वजनिक गरेका हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, बिनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षडयन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहि भन्दा पनि उहाँले नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’

आफूले त्योबेला चिनेका खेलाडीहरु माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने उनले बताए ।  ‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ । आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?,’ योगेशको प्रश्न छ ।