close

मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरणले ठूलो भूमिका खेल्छ : रामकुमारी झाँक्री

मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरणले ठूलो भूमिका खेल्छ : रामकुमारी झाँक्री

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले शहरी विकास मन्त्री हुँदा गरेको काम नीतिगत रुपमा ठूलो प्रस्थानविन्दू (डिपार्चर) भएको बताएकी छन् । 

मन्त्री पदबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा स्टाटस हाल्दै झाँक्रीले आफू मन्त्री हुँदा शतप्रतिशत कमर् लगाएर काम गरेकोले यसका परिणामहरू आउने क्रममा रहेका र भविष्यमा पनि देखिँदै जाने बताएकी छन् ।

"यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिकाजस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरू सँग सार्वजनिक सरोकारका विषयहरूमा पटक-पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भए... ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन ।' उनले लेखेकी छन् ।

झाँक्रीले करिब साढे ८ महिनापछि आइतबार शहरी विकास मन्त्रालयबाट बिदा लिएकी हुन् ।