close

प्रतिनिधिसभा चुनावमा २० लाख मत ल्याउने नेपालको दाबी

प्रतिनिधिसभा चुनावमा २० लाख मत ल्याउने नेपालको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह चुनावमा शतप्रतिशत स्थानमा उम्मदवार उठाएको भए २० लाख मत आउने दाबी गरेका छन् । 

केन्द्रीय परिषद् बैठकको काठमाडौं उद्घाटन गर्दै नेपालले २८ प्रतिशत उम्मेदवार उठाउँदा नाै लाख मत ल्याएको बताउँदै उनले  शतप्रतिशत उम्मेदवार उठाएको भए २० लाख मत आउने दाबी गरेका हुन् । 

‘हामीले स्थानीय तह चुनावको समीक्षा गरेका छौ । हामीले यसपटक झण्डै २८ प्रतिशत मात्रै उम्मेदवार उठाएका थियौं । त्यसबाट ९ लाख मत पाएका छौ’ नेपालले भने, ‘यदि सबै क्षेत्रमा उम्मेदवार उठाएको भए तेब्बर मत हुन्थ्यो । अर्थात हामीले २० लाख मत ल्याउने थियौं ।’

अब पार्टीको सम्पूर्ण ध्यान प्रदेश र प्रतिनिधिसभा चुनावमा लगाउने नेपालले बताए । ‘हामी सबैको ध्यान आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा हुनुपर्छ । पार्टीको सम्पूर्ण त्यहीँ निर्वाचनमा केन्द्रीत गर्नुपर्ने छ । चुनावको तयारी गर्नुपर्नेछ’ नेपालले भने, ‘अरुको भरोसा गरेर चल्ने होइन । हामीले आफ्नो शक्ति निर्माण गर्ने हो । अहिले नै १६५ क्षेत्रमा उम्मेदवार घोषणा गर्ने हो ।’

प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० क्षेत्रमा डमी उम्मेदवार उठाउने नेपालले  उनले बताए ।

‘चुनावमा उम्मेदवार नभएपनि पार्टीबाट उहाँहरुले नै भूमिका निभाउनुपर्ने छ । डमी उम्मेदवार उहाँहरु नै हुनुहुने छ । हामी १६५ क्षेत्रमा उम्मेदवारीको तयारी गर्नैपर्छ । प्रदेशसभाका ३३० क्षेत्रको जिम्मेवारी दिनैपर्छ ’ नेपालले भने, ‘ती सबै ठाउँमा जिम्मेवारी दिँदा पालिका वडामा पनि कार्यकर्ता खटाउनुपर्छ । टोल टोलमा कमिटी बनाएर खटाउनुपर्छ । भोलि प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक चाहिन्छ । समानुपातिक मत बनाउन सकियौँ भने सिट संख्या बढाउन सकिन्छ ।’