close

कांग्रेस नेता कोइराला समूहको बैठक आज

कांग्रेस नेता कोइराला समूहको बैठक आज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ । नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवामाथि दबाव बढाउने रणनीति लिएका शेखर कोइरालाले आज आफू निकट नेताहरूको बैठक बोलाएका छन् ।

पार्टी सभापतिले विधान अनुसार काम नगरेको मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका कोइरालाले आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन् । 

शेखर समूहले आजको बैठकमा निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी गरेका छन् । 

महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीका समिति र विभागहरु गठन गरिसक्नुपर्ने विधानमा व्यवस्था भए पनि ती कामलाई पूर्णता दिन नसकेपछि सभापति देउवाको आलोचना भएको छ ।