close

ओली र गौतमबीच भेटवार्ता, गौतमले अन्य नेतासँग पनि भेटवार्ता गर्ने

ओली र गौतमबीच भेटवार्ता, गौतमले अन्य नेतासँग पनि भेटवार्ता गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । 

बिहीबार बिहान ओली निवासमा नेकपा एमालेका अध्यक्ष ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको हो ।  

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासअन्तर्गत गौतमले ओलीलाई भेटेको जानकारी दिए ।

गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए ।

अभियान अन्तर्गत नै गौतमले मंगलबार नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए ।