close

संसद् विघटनका कारण स्वतन्त्र सक्रिय :  खनाल

संसद् विघटनका कारण स्वतन्त्र सक्रिय :  खनाल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद विघटन गरेकै कारण देशमा गैरदलीय प्रवृत्ति बढेको विकास भएकाे बताएका छन् । 

संसद् दिवसको अवसरमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘कहिलेकाहीँ हाम्रा नेतालाई सनक चल्छ र संसद् विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकस हुन्छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’

नेता खनालले संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको बताए ।