close

कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बस्दै

कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौैं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको परिचालन समितिको बैठक दिउँसो १ बजेबाट केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो । 

केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीको कमजोरी, तालमेलको प्रभावकारिता,पार्टीभित्रका समस्यालगायतमा छलफल गरेर प्रतिवदेनलाई अन्तिम रुप दिन बैठक बोलाइएकाे  हो ।

‘समितिमा रहेका सबैलाई प्रतिवेदन पठाइसकिएको छ । त्यसमा केही संशोधन गर्नुपर्ने भए परिमार्जन गरि तयार गर्ने कार्य हुन्छ ।’ महरले भने ।