close

प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने लक्ष्य छ : सञ्चारमन्त्री

प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने लक्ष्य छ : सञ्चारमन्त्री

Trulli
ADVERTISEMENT

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रत्येक जिल्लामा फिल्म छायांकन केन्द्र विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमा मन्त्री कार्कीले यस्तो बताएका हुन् । 

यसले कानुनी, वैज्ञानिक र सामाजिक रुपमा फिल्मलाई समृद्ध बनाउन मद्दत गर्ने उनको भनाइ छ ।  फिल्म क्षेत्रको विकासका लागि मन्त्रालयले आवश्यक पहल गरिहेको उनले बताए ।

‘१० वर्षमा नेपाली फिल्म उद्योग दक्षिण एसियाको समृद्धमध्येमा पर्नेछ,’ उनले भने, ‘त्यसका लागि सहयोग गर्न सरकार तत्पर छ ।’