close

एक्लै चुनाव लडेका ठाउँमा पनि कांग्रेस कमजोर नदेखिएको कांग्रेसको ठहर ​​​​​

एक्लै चुनाव लडेका ठाउँमा पनि कांग्रेस कमजोर नदेखिएको कांग्रेसको ठहर ​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ ।

बिहीबार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । 

बैठकपछि कांग्रेसले एक प्रतिवेदनसमेत जारी गरेको छ । सो  प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको र गठबन्धनका कारण १२१ सिटमा मेयर/अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्यांकमा उल्लेख छ ।

यस्तै २१९ ठाउँमा उपमेयर/उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।